ईपीएसका लागि आवेदन खुल्यो
काठमाडौं, ३ बैशाख ।
कोरियाली भाषा परीक्षा (ईपीएस) का लागि आजदेखि आवेदन खुल्ला भएको छ ।
सञ्चालन हुने इपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुल्ला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको हो । इपीएस परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने छ ।
इपीएस आवेदनका लागि देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ बजे देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइने व्यवस्था गरेको छ ।
यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिने व्यवस्था गरेको छ । आवेदनका लागि उपत्यका बाहेकका जिल्लामा व्यवस्था भए पनि परीक्षा दिन भने पोखराबाहेक अन्य क्षेत्रका परीक्षार्थी काठमाडौंमै आउनुपर्ने बताईएको छ ।
कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । सन् २०१६ मा कोरिया जान अहिले आवेदन खुला गरिएको हो ।