सुर्खेतमा बाढीपीडितद्धारा प्रदर्शन
सुर्खेत, २ बैशाख ।
सरकारले राहत उपलब्ध नगराएको भन्दै सुर्खेतका बाढीपीडितहरु प्रदर्शनमा उत्रिएका छन् । अस्थायी शिविरमा बसेको ८ महिना वितिसक्दा समेत राज्यले आफूहरुको पुनस्र्थापनाको पहल सुरु नगरेको र राहत समेत दिन छोडेको भन्दै उनीहरुले आज वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।
जिल्लाका विभिन्न विस्थापित शिविरहरुमा बस्ने बाढीपीडितहरुले स्थानीय प्रशासन र राजनीतिक दलका पार्टी कार्यालय अगाडिसमेत प्रदर्शन गरेका छन् । सरकार र दलहरुले आफूहरुको पुनस्र्थापनामा कुनै वास्ता नगरेको भन्दै बाढीपीडितहरुले यस्तै अवस्था रहेमा सबै शिविरहरु खाली गरेर सडकमा नै बास बस्ने चेतावनी दिएका छन् । शिविरमा खाना नभएको र सरकारले लामो समयसम्म पनि पुनस्र्थापनाको काम सुरु नगरेको भन्दै विस्थापितहरु आन्दोलनमा उत्रिएका हुन् ।