Live Streaming

गल्ती नस्विकारे मोर्चा रहँदैन –उपेन्द्र यादव

काठमाडौं, २ बैशाख ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गल्ती स्विकारेमात्र ३० दलीय मोर्चा कायम रहने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक साक्षात्कारमा उहाँले विपक्षी मोर्चाको आन्दोलन तुहाएर दाहालले गल्ती गरेको आरोप लगाउनुभयो ।

एकिकृत माओवादीकै भूमिकाले ३० दलीय मोर्चा एकतावद्ध हुने कि फुट्ने भन्ने निर्धारण गर्ने यादबले बताउनुभयो । एकिकृत माओवादी अध्यक्ष दाहाललाइ सत्ताको लोभले गर्दा चैत २४ गते आन्दोलन फिर्ता भएको दाबी गर्नुभयो । तराईका पाँच जिल्लाको विवादमा पनि दाहालले दोहरो चरित्र देखाएको यादवले आरोप लगाउनुभयो ।