वार्तामा आउनुहोस – प्रधानमन्त्री
काठमाडौं, २ बैशाख ।
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छाडेर वार्तामा आउन विपक्षी दललाइ पुनः आग्रह गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक दलहरुबीच वार्ता र संवाद निरन्तर रुपमा हुनुपर्ने भन्दै वार्ताबाट नै राजनीतिक सहमति कायम हुने दाबी गर्नुभयो ।
अहिले मुलुकलाई शान्ति, संविधान, स्थायित्व, लोकतन्त्र र विकास आवश्यक रहेको भन्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नु अहिलेको मुख्य आवश्यकता भएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।