जुड शितल पर्व मनाईदैं
मनिका झा, जनकपुर ।
मिथिलाञ्चलमा हिलो र पानी एक अर्कामाथि छ्यापेर जुड शितल पर्व मनाईदैं छ ।
गर्मी मौसमको सुरुवात संगै वर्षभरी शितल प्राप्त गर्न शितला माताको पूजा अर्चना गरी माटो र पानी एकअर्का माथि छ्यापेर जुड शितल पर्व मनाउने परम्परा छ । यस पर्वमा बिहानै परिवारका मान्यजनबाट अन्य सदस्यलाई बासी पानी टाउकोमा छ्यापेर आर्शिबाद स्वरुप जुड शितल मनाउने प्ररम्परा रहदै आएको पण्डित विद्यानन्द झाले जानकारी दिनुभयो ।
गर्मी मौसममा तराई क्षेत्रमा दादुरा रोगको प्रकोप बढ्ने हुनाले त्यसको निवारणका लागि समेत सो पर्वमा प्ररम्परा देखि नै शितल पदार्थहरु सेवन गर्ने प्रचलन रहेको प्राध्यापक डा. रेवती रमण लालले जानकारी दिनुभयो । विभिन्न वेसनबाट बनाईएका परिकार पकाउने, आर्शिबाद दिने र शितलता प्रदान गर्नका लागि पनि सो पर्व मनाइने गरिने गरेको पंडिट झाले जानकारी दिनुभयो ।