रौतहटमा अनसन जारी
रौतहट, २ बैशाख ।
सेवा केन्द्र विस्तार गर्ने निर्णय सरकारले फिर्ता लिएसँगै सुरु भएको रिले अनसन रौतहटमा आज पनि जारी छ ।
यसअघिको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै नौ दिनदेखि अनसन जारी रहेको हो । हालसम्म करिब १ सय ५० जना रिले अनसनमा बसिसकेका छन । गत वर्षको असोजमा सेवा केन्द्र विस्तार गर्ने निर्णय गौरबासीको आन्दोलनपछि सरकारले नै खारेज गरेपछि चन्द्रनिगाहपुरमा आन्दोलन सुरु भएको हो ।