किमाथाङकामा सिमा प्रहरी चौकी स्थापना
संखुवासभा, २ बैशाख ।
चीनसँग सिमा जोडिएको संखुवासभाको सीमानाका किमाथाङकामा प्रहरी चौकी स्थापना भएको छ । अस्थायी रुपमा रहदै आएको चौकी शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा निर्माण भएको होे ।
९९ लाख ३८ हजार आठ सय ४७ रुपैयाँको लागतमा सो चौकी निर्माण भएको हो । सीमा सुरक्षा÷ राज्यले शसस्त्र प्रहरीलाई जिम्मा दिए पछि किमाथाङका सिमामा भने १७ जना नेपाल प्रहरीको दरबन्दीले सुरक्षा दिदै आएको छ ।
खुल्ला नाका भएकाले पछिल्लो समयमा सुरक्षाको बढी आवस्यक रहेको भन्दै जिल्ला सुरक्षा समितिले शसस्त्र प्रहरी सरकारलाई दुई बर्ष अघिनै माग गरे पनि हालसम्म स्थापना गर्न सकेको छैन ।