Live Streaming

काँग्रेस-एमाले छलफलमा जुट्दै

काठमाडौं, २ बैशाख ।
संविधानसभाका विवादित अन्र्तवस्तुमा आफूहरुले लिने अडान बारे छलफल गर्न आज सत्तारुढ कँग्रेस÷एमालेबीच छलफल हुँदैछ । संविधान निर्माणमा बहुमतिय प्रक्रियाको विरोध गरिरहेको विपक्षी मोर्चालाई अब धेरै समय कुर्न नसक्ने बताइरहेका बेला सत्तासिन दलहरु साझा धारणा बनाउन छलफलमा जुट्न लागेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो छलफल गरी साझा धारणा तय गर्ने र आफूहरुको अडानका विषयमा एमाओवादी मोर्चालाई जानकारी गराउने कँग्रेसका एक नेताले बताएका छन । सहमतिको घनिभुत प्रयास गर्दा समेत विपक्षी मोर्चा सकारात्मक नदेखिए सत्तासिन दलहरु प्रक्रियामै अघि बढ्ने तयारी गरिरहेका छन । पछिल्लो पटक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले चैत्र ३० गते दलहरुलाई ६ दिनको समय दिएर सहमतिको लागि आह्वान गरिसक्नुभएको छ । उहाँले पनि आइतबारसम्म सहमति नभए अब नियमावली अनुसार प्रकृया मार्फत अघि बढ्ने बताइसक्नुभएको छ ।