Live Streaming

नर्वेजियन मन्त्रीले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, २ बैशाख ।
नेपाल भ्रमणमा रहनुभएका नर्वेजियन विदेश राज्यमन्त्री मोर्टेन हगलण्डले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्दै हुनुहुन्छ । बिहान १० बजे हुने भेट आपसी हीत सम्बन्धमा केन्द्रित हुने प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, नर्वेले नेपालका लागि गर्दै आएको सहयोगलगायतका विषयमा छलफल हुने जनाइएको छ । सन् १९७३ मा नेपाल र नर्वेबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता नर्वेले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।