लिविया नजिक डुंगा डुब्दा चार सय आप्रवासीको मृत्युको आशंका
एजेन्सी, २ बैशाख ।
लिवियाको समुद्री तट नजिक एउटा डुब्दा त्यसमा सवार ४ सय प्रवासीको मृत्यु भएको आशंका गरिएको छ । इटलीका तट रक्षकले १ सय ४४ जनाको जिवीतै उद्धार गरेपनि सो तथ्य बाहिर आएको हो ।
गत सोमबार भएको सो दुर्घटनामा हालसम्म नौ जनाको मात्र शव भेटिएको छ भने अन्यको खोजी जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । तटमा हराएकालाई खोजी कार्यका लागि हवाई अभियान पनि शुरु गरिएको छ । त्यसैगरी हालसम्म सात हजारभन्दा धेरै भुमध्यसागर हुदै इटली जानेहरु प्रक्राउ परेका छन् ।