आतंकाकारी सूचीबाट क्युवालाई हटाउने अमेरिकाकोे तयारी
एजेन्सी, २ बैशाख ।
अमेरिकाले आफ्नो देशको आतंकवादी सुचीबाट क्युवालाई हटाउने तयारी गरेको छ । यो कदम क्युवा र अमेरिकाबीचको सम्बन्ध समान्यीकरणका लागि एउटा कदम हुने ह्वाइट हाउसलाई उदृत गर्दै विविसिले जनाएको छ ।
सिरिया, इरान र सुडानसँगै क्यारेवियन देशमा पुनः दूतावास खोल्नु वार्ताका समयमा क्युवाका लागि एउटा विन्दु थियो । यता रिपव्लिकन सिनेटर मार्काै रुवियोले क्युवालाई आतंकवादीको सूचीबाट हटाउने ह्वाइट हाउसको निर्णयको निन्दा गर्नुभएको छ । उत्तर कोरियालाई हतियार सघाउँदै आएकोले उसलाई सूचीबाट हटाउन नमिल्ने उहाँको भनाइ छ । अमेरिकाले क्युवालाई १९८२ मा आतकंकारी सूचीमा राखेको थियो ।