सूर्य गल्फ सुरु हुदै
काठमाडौं, २ बैशाख ।
सूर्य नेपाल गल्फ टुरको सातौँ संस्करण NPGA प्रेसिडेन्ट्स कप आजबाट सुरु हुँदैछ । नेपाल गल्फ क्लब RNGC मा हुने प्रतियोगितामा ३४ व्यवसायीक र ६ एमेच्युर गल्फरले ५४ होलमा प्रतिस्पर्धा गर्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको व्यवसायिक गल्फका सर्वाधिक सफल खेलाडी शिवराम श्रेष्ठ, रवि खड्का , प्रोफेसनल गल्फ टुर अफ इण्डियामा २०१५ का लागि छनौट भएका सञ्जय लामा र भुवन नगरकोटीयले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कूल तीन लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा च्याम्पियन हुनेले ५५ हजार हात पार्नेछन् । उपविजेताले भने ३७ हजार तथा तेस्रो हुनेले २८ हजार प्राप्त गर्ने छन । ३६ होलको खेलपछि कट बनाएर फाइनल चरणमा प्रवेश गर्ने २१ प्रो नगद पुरस्कारका हकदार हुने छन ।