राजस्थान शीर्षमा, मुम्बई पुछारमा
एजेन्सी, २ बैशाख ।
इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा राजस्थान रोयल्सले आफ्नो अपराजित यात्रालाई तेस्रो खेलसम्म पु¥याएको छ । गृहमैदानमा गएराती मुम्बइ इण्डियन्सलाई सात विकेटले पराजित गर्दै राजस्थान ६ अंकमा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइृको भने यो लगातार तेस्रो हार हो । अंक बिहिन रहेको मुम्बई तालिकाको पुछारमा छ । अहमदावादमा भएको खेलमा मुम्बईले दिएको १ सय ६५ रनको लक्ष्य ५ बल बाँकी हुदा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा स्टेभन स्मिथले नटआउट ७९ र अजन्क्या रहानेले ४६ रनको योगदान गरे ।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको मुम्बईले सुरुवात राम्रो नभएपनि कोरी एण्डरसन र किरन पोलार्डले उल्लेख्य पारी खेलेपछि निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ६४ रनको योगफल तयार पारेको थियो । पोलार्ड ७० र एण्डरसन ५० रनमा आउट भए । चौथो विकेटका लागि एण्डरसन र पोलार्डले १ सय ४ रनको साझेदारी गरेका थिए ।
यसैबीच आज किंग्स इलाभेन पञ्जाव र दिल्ली डेरडेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ८ बजेपछि हुनेछ ।