Live Streaming

जाजरकोटमा स्वाईन फ्लु

काठमाडौं, १ बैशाख   
जाजरकोटमा ’अज्ञात’ रोगका कारण मृत्यु भएको भनिएका १६ जना मध्ये तीन जनालाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले ११ मध्ये तीनको स्याम्पल परीक्षणमा स्वाइन फ्लू देखिएको जानकारी गराउनुभएको हो ।
मृत्यु भएका ११ जनाको परीक्षणको लागि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा स्याम्पल ल्याइएको थियो । अन्य ८ जनाको स्याम्पल परीक्षण भइरहेको छ ।
चैत्र दोस्रो साताबाट फैलिएको रोगबाट अहिले सम्म १६ जनाको मृत्यु भैसकेको छ । गएराती मात्र अज्ञात रोगका कारण थप चार जनाको मृत्यु भएको छ ।


आज मात्र १ सय ८० जना विरामी उपचारका लागि अस्पताल पुगेका छन । विरामी राख्ने ठाउँ नभएका कारण खुल्ला चौरमा राखेर उपचार भैरहेको हाम्रा सुर्खेत सहकर्मी ललित बुढाले जानकारी दिनुभयो  । स्वास प्रश्वास सम्बन्धि रोगी बढी भएको अस्पतालले जनाएको छ ।   स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितको सरकारी टोलीले आइतबार प्रभावित क्षेत्रमै पुगेर बिरामीको उपचार गर्न निर्देशन दिएपछि चिकित्सकहरुले हिजो एकै दिन तीन सय बिरामीको उपचार गरेका थिए ।