Live Streaming

जातियताका कुरा आयातित हुन् – एमाले अध्यक्ष ओली

काठमाडौं, १ बैशाख ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जातिय घृणा र बिद्वेश फैलाउने प्रयास मौलिक नभएको आरोप लगाउनुभएको छ । सदियौं देखि एउटै मालामा रहेका नेपाली जनताबीच फाटो ल्याउदै सामाजिक सद्भाव भड्काउने प्रयास जारी रहेको उहाँको भनाई थियो । रेडियो अन्नपूर्ण नेपालको नियमित कार्यक्रम अन्नपूर्ण फ्रण्टलाईनसँग मंगलवार कुरा गर्दै अध्यक्ष ओलीले पूर्वी युरोप, पश्चिम एसिया र अफ्रिकन मुलुकमा भएका यसप्रकारका प्रयासको परिणाम भयावह रहेको उल्लेख गर्नूभयो ।


नेकपा एमाले राजनीतिका नाममा बिध्वंसको बिउ रोप्ने गैर जिम्मेवार दल नभएको उल्लेख दावी गर्दै उहाँले सत्तामा रहिञ्जेल आफ्नो स्वार्थका कुरा नगर्ने दलहरुको प्रबृत्ति प्रति ब्यङ्ग गर्नूभयो । उहाँले भन्नुभयो – हामी अतिवादी सोचहरुबाट मुक्त, शान्ति, लोकतन्त्र, सामाजिक न्याय र सद्भाव, समानता र अधिकार, राष्ट्रिय एकता तथा बिकास र सम्बृद्धिको पक्षमा संविधान बनाउछौं ।


प्रतिपक्षी दलहरुले गलत उद्धेश्यहरुलाई पुष्टि गर्ने प्रयास गर्दा संविधान निर्माणमा ढिलाई भएको बताउदै अध्यक्ष ओलीले २०७२ साल भित्र संविधान आउने बिश्वास ब्यक्त गनुभयो ।
अध्यक्ष ओलीले पूर्ण सहमतिमा संविधान बनेको उदाहरण बिश्वमा नभएको चर्चा गर्र्दै आवश्यक संख्यालाई सहमति मान्दै अध्यधिक सहमतिमा पु¥याउने प्रयास जारी राख्ने उल्लेख गर्नुभयो ।