Live Streaming

संविधान बन्नेमा ढुक्क हुन प्रधानमन्त्रीको आग्रह

रुकुम, १ बैशाख ।
प्रधानमन्त्री सुशील कोईरालाले मुलुकमा जारी राजनितिक संक्रमण छिट्टै अन्त्य हुने दावी गर्नुभएको  छ । रुकुममा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कोईरालाले संविधान बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गर्दै कसैले रोकेर संविधान निर्माण प्रक्रिया नरोकिने स्पस्ट पार्नुभयो ।

आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले विपक्षी मोर्चा सहमतिमा आउने प्रधानमन्त्रीको विश्वास थियो । सरकारको प्राथमिकता संविधान निर्माण भएकाले संविधान जारी भए पछिमात्र प्रधानमन्त्रीबाट आफुले राजिनामा दिने स्पस्ट पार्नुभयो ।