सल्लेरी बन्द
सोलु, १ बैशाख ।
सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा व्यवसायीले अनिश्चितकालीन बजार बन्द गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु बरामद गरेपछि त्यसको बिरोधमा व्यवसायीले बजार बन्द गरेका हुन् । अनुगमनका क्रममा प्रशासनले गत चैत २७ गते करिब पाँच लाख रूपैयाँ बराबरका म्याद गुज्रिएका सामान तथा चेतावनीमूलक चित्र नभएका सुर्तीजन्य वस्तु बरामद गरेको थियो । उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले क्षतिपूर्ति नपाउँदासम्म बजार बन्द गर्ने चेतावानी दिनु भयो ।