Live Streaming

​पूर्वाधार कार्यकारी निर्देशकमा डा. रामजीवन यादव

काठमाडौं, ४ असार । मन्त्रीपरिषदको वैठकले खुल्ला विश्वविद्यालय, पुर्वाधार कार्यकारी निर्देशकमा डा. रामजीवन यादव र नेपाल प्रशासनिक प्रशिक्षणको कार्यकारी निर्देशकमा पूर्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले निर्देशक डा. रामजीवन यादवलाई नियुक्त गरेको र पूर्णप्रसाद न्यौपानेलाई ५ वर्षका लागि नेपाल प्रशासनिक प्रसिक्षणमा कार्यकाल थप गरिएको निर्णय गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।