चितवनमा बसको ठक्करबाट एक महिलाको मृत्यु
27 Aug 2018 | 00:00 AM

चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान भरतपुर महानगरपालिका १ रामनगरमा महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us