बल्खुस्थित तरकारी बजारमा छापा
27 Aug 2018 | 00:00 AM

सरकारी टोलीले आज बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले आज विहान ४ बजे तरकारी बजारमा छापा मारेर एक जना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जतसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाइ पक्राउ गरिएको आपूतिमन्त्री मातृकाप्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिनुभयो । साहलाई पक्राउ गरेपछि गरेपछि व्यापारीहरुले बजारभित्र र बल्खुचोकमा निस्केर बिरोध प्रदर्शन गरका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पाननम्बरसमेत नरहेको अनुगमन टोलीले जनाएको छ । त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ । बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण्मा दिन निर्देशन दिइएको छ । बल्खु तरकारी बजार कम्पनी ऐन अन्तर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको छ  । यसअघि सरकारले कालिमाटी तरकारी बजारमा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us