रेडियो अन्नपुर्ण नेपालको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न,उत्कृष्ट ३ कर्मचारी सम्मानित (फोटोफिचर)
29 May 2018 | 00:00 AM

काठमाडौं - अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्ण नेपालल ९४  ले आज आफ्नो चौथो  वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । एक बिशेष समारोहमा रेडियो अन्नपुर्ण नेपालले वरिष्ठ गायक, संगीतकार तथा गीतकार  योगेश वैद्यलाई आधुनिक गीत संगीतमा विशिष्ट योगदान गरे वापत सम्मान गरेको छ । २५ हजार रुपैयाँ नगदसहित दीर्घ साधना सम्मानबाट वैद्यलाई  सम्मान गरिएको हो ।


अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वैद्यलाई दोसल्ला उडाएर सम्मान गर्नुभयो । सम्मान ग्रहण गदै बैद्यले रेडियो अन्नपूर्ण नेपाललाई धन्यवाद दिनुभयो ।
यस्तै वरिष्ठ सञ्चारकर्मी यज्ञनिधि  दाहाल र  भाषाविद् चुडामणि गौतमलाई पनि सम्मान गरिएको छ । बार्षीक उत्सवको अवसरमा रेडियोले उत्कृष्ट कर्मचारीलाई समेत पुरस्कार प्रदान गरेको छ । लेखा शाखाबाट देवेन्द्र श्रेष्ठ, प्राविधिक शाखाबाट रोशन थापा र समाचार शाखाबाट शिव सुनार  उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको  हो ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us