ब्रेनट्युमर पीडित बालिकाको उपचारका लागि सहयोगको लागि अपिल
18 May 2018 | 00:00 AM

ब्रेनट्युमरबाट पीडित छोरीको उपचारका लागि भन्दै आमाले अार्थिक सहयोगका लागि अपिल गरेकी छन्। गोकर्ण निवासी विनिता थापा तथा उनको परिवारले ब्रेनट्युमरबाट पीडित छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेको हो।

आर्थिक अवस्था कमजोर भएका कारण आठ वर्षीया छोरी विभूतिको दोस्रोपटक टाउकोकोमा लगाएको पाइप फेर्नुपर्ने  भएकाले सहयोगको अपिल गरेको आमा विनिता थापाले बताइन्। पाइप फेर्न मात्र ४/५ लाख लाग्ने चिकित्सकले जानकारी गराएका छन्।

जन्मिदा स्वस्थ्य जन्मेको छोरी नौ महिनापछि टाउकोबाट पसिना बग्ने, बान्ता हुने, दुब्लाउँदै गएको थापाले बताइन्।उपचारका क्रममा उनको एक वर्षपछि मात्र ब्रेनट्युमर भएको पत्ता लागेको थियो। 

चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्ने सुझाव दिएपछि थापा परिवारले जेनतेन रकम जुटाइ छ वर्ष अघि वीरअस्पतालमा शल्यक्रिया गरेका थिए।त्यतिबेला उपचारमा २० लाख जति खर्च भएको थियो।त्यसपछि ४/४ महिना महिनामा अस्पताल लगिरहनुपर्छ।एकपटकको उपचारमा ३५ हजार जति खर्च लाग्छ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गर्दै आएको थापा परिवारलाई फेरि आर्थिक संकट आइलागेको छ। शल्यक्रियापछि पूर्ण निको भएको तर फेरि ट्युमर बढेर पहिलेकै अवस्थामा देखिएपछि थापा परिवार रकमको खोजीमा छ।

छोरीको उपचारका लागि कपनमा भएको एक तले घरसमेत बिक्री गरेको थापाले बताइन्।उनले भनिन्,' उपचारमा लिएको ऋण तिर्न नसकेर कपनमा भएको घरसमेत बिक्री गरे, अहिले फेरि ४/५ लाख खर्च कहाँबाट जुटाउनु ,अब के गरी छोरीको उपचार गर्ने ?'

थापा परिवारको विभूति एक मात्र सन्तान हुन्। हाल उनको नेपाल मेडिकल कलेज अत्तरखेल,काठमाडौंमा उपचार भइरहेको छ।'चिकित्सकले पाइप फेर्नुपर्ने बताएका छन्।त्यसको लागि ठूलै रकम लाग्ने छ,'थापाले भनिन्, छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेकी छु, सानै भएपनि सहयोग गरिदिनुहोला,मेरो छोरीलाई बचाइदिनुहोला।'  नेपाल इन्भेस्टमेन्ट बैंकको दिपीका पण्डित नाममा रहेको खाता नं‍. ०२८०५०८०३८९५८७ मा रकम जम्मा गर्नसकिनेछ।थप जानकारीका लागि (९८०१०४७७६०) मा फोन गर्न सकिनेछ।


 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us