स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले क्लबका पूर्वसदस्य नेमार रियल म्याड्रिडमा आबद्ध भए भयावह हुने धारणा व्यक्त गरेका छन् । नेमारसँगै चार सिजन क्याम्प नोउमा बिताएका मेसीले २६ वर्षीय नेमार रियल गएको आफूले हेर्न नचाहेको बताए । मंगलबार मात्रै ब्राजिलको विश्वकप टोलीमा अटाएका नेमार गत वर्ष कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका थिए ।
ब्राजिलियन खेलाडी नेमार फ्रान्सेली क्लब छाडेर अर्को सिजन बार्सिलोनाको चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडमा आबद्ध हुने समाचार आएपछि अर्जेन्टिनी कप्तान मेसीले यस्तो प्रतिक्रिया दिएका हुन् । नेमार पीएसजीमा आवद्ध भएको एक वर्ष पनि पुगेको छैन । छोटै अवधिमा पीएसजीलाई छाड्न लागेको समाचार बाहिर आएपछि रियलले उनलाई भित्र्याउने अभियानमा लागेको छ ।
‘नेमार रियल जानु हाम्रा लागि भयावह हुनेछ । बार्सिलोनाका लागि नेमारले विशेष अर्थ राख्छन्’, एक अर्जेन्टिनी टेलिभिजनसँगको अन्तर्वार्तामा मेसीले भनेका छन्, ‘नेमारले बार्सिलोनामा महत्वपूर्ण समय बिताएका छन् । उनले क्लबलाई महत्वपूर्ण उपाधि पनि दिलाएका छन् । उनले च्याम्पियन्स लिग र ला लिगा उपाधि पनि जितेका छन् । त्यसैले उनी रियल जानु बार्सिलोनाका लागि निकै ठूलो झड्का हुनेछ । उनको प्रवेशले रियल म्याड्रिड भने निकै बलियो बन्ने छ ।’
अन्तर्वार्तामा मेसीले आफ्नो भविष्यका बारेमा पनि स्पष्ट पारेका छन् । उनले आफूलाई सावित गर्न बार्सिलोना नै छाड्नु नपर्ने दाबी गरे । ‘म बार्सिलोना छाड्ने अभियानमा छैन । मैले यहाँभन्दा अन्यत्र गएर योभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्तिनँ’, मेसीले थपे, ‘मेरो विचारमा बार्सिलोना संसारकै उत्कृष्ट टोली हो ।’
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस