गायक योगेश वैद्यलाई रेडियो अन्नपूर्णको दीर्घ साधना सम्मान
17 May 2018 | 00:00 AM

गायक योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपालले दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ।  रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज व्यवस्थापन समितिको निर्णय अनुसार आधुतिक गीत संगीतमा विशिष्ट योगदान गरे वापत सम्मान प्रदान गर्न लागिएको स्टेशन म्यानेजर ठाकुर बेल्बासेले जानकारी दिए। 

गायक, संगीतका र गीतकार समेत रहेका वैद्यले नेपाली र नेवारी भाषाका चार सय बढी गीतमा  स्वर दिएका छन् भने दर्जनौ गीतमा संगीत भरेका छन्। गायक वैद्य सरकारी सेवा सह-सचिवबाट सेवा निवृत्त जीवन विताइरहेका छन्। गेण्ट राज्य विश्वविद्यालय, बेल्जियमबाट खाद्य विज्ञान तथा पोषण विषयमा स्नातकोत्तर गरेका वैद्यका खाद्य पोषण सम्बन्धि सातवटा पुस्तक प्रकाशित छन्। 

नातिकाजी संगीत सम्मान, नारायण गोपाल संगीत सम्मान, छिन्नलता गीति पुरस्कारलगायत दर्जनौ पुरस्कार तथा सम्मान पाएका वैद्यलाई रेडियो अन्नपूर्ण नेपालले वार्षिकोत्सवको अवसरमा जेठ १५ गते सम्मान गर्न लागेको हो।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us