पैसाको दलबलले चुनाव जितेका दलहरुले देशको विकास गर्लान् भनेर अपेक्षा गर्न सकिन्न - नेमकिपा अध्यक्ष विजुक्छे
14 Dec 2017 | 00:00 AM

काठमाडौं - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भर्खरै सम्पन्न भएको निर्वाचनको नतिजाले लोकतन्त्त थप कमजोर भएको बताउनु भएको छ । सार्वजनिक भइरहेको चुनावी नतिजालाई आश्चर्यजनक रुपमा लिन नहुने भन्दै उहाँले अबका दिनमा देशमा झनै धार्मीक र जातियताबाद बढ्ने खतरा औँल्याउनु भयो । 

बिहिबार रेडियो अन्नपुर्ण नेपालको कार्यक्रम 'मूल प्रवाह'संग कुरा गर्दै अध्यक्ष विजुक्छेले भन्नुभयो - दलहरुमा सिद्धान्तको राजनीति सकिएको छ । कुनै राजनैतिक अडान छैन  । प्रमुख भनिएका दलहरुमा अन्तराष्ट्रिय फासिवाद हावी भएको छ ।  पैसाको दलबलले चुनाव जितेका दलहरुले देशको विकास गर्लान् भनेर अपेक्षा गर्न सकिन्न । 

हिटलर र मुसोलोनी उदाहरण दिँदै अध्यक्ष विजुक्छेले अब नेपालमा पनि हिटलरी शाषनको खतरा औँल्याउँदै त्यसमा प्रमुख जिम्मेवार काग्रेश रहेको स्मरण गराउनु भयो । 
अध्यक्ष विजुक्छेले साना दलहरु थ्रेस होल्डका कारण  राष्ट्रिय दल बन्न नसके पनि आफूहरुको भूमिका कमजोर नहुने बताउँदै थ्रेस होल्डकै कारण संसदमा अधिनायकवा हुने आसंका व्यक्त गर्नु भयो । 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us