मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई प्रष्ट पार्यो - राजपा महासचिव मनिसकुमार
13 Dec 2017 | 00:00 AM

काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपा नेपालका महासचिव मनिसकुमार सुमनले मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई प्रष्ट पारेको बताउनुभएको छ । सप्तरी २ को 'ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुमनले, मधेसको चुनावी परीणामले संविधान अधुरो रहेको र संघीयता, समावेशीता, प्रादेशिक स्वायत्तता र स्वशासनको सवालमा मधेस एकमत रहेको देखाएको बताउनुभयो ।

बुधबार रेडियो अन्नपुर्ण नेपालको कार्यक्रम 'मुलप्रवाह'मा कुरा गर्दै राजपा महासचिव सुमनले मधेशी गठबन्धनलाई आएको मतप्रति आफुहरु सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ  । मधेसमा संविधान संशोधन मुद्धा सम्बोधन गर्न आन्दोलन भएपनि राज्यले नसुनेको भन्दै उहाले निर्वाचनबाट त्यहीँ जनमत आएकाले यसलाई सम्बोधन नगरेसम्म मुलुकको कुनै पनि समस्या समाधान नहुने जिकिर गनुभएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us