एमाले सचिव भट्टराईद्वारा देउवा नेतृत्वको सरकार जनताद्धारा अस्विकृत भैसकेको भन्दै कुनै पनि नियु्क्त नगर्न चेतावनी
12 Dec 2017 | 00:00 AM

काठमाडौं –  सरकारले ७ वटै प्रदेश प्रमुख नियुक्ती गर्ने तयारी गरिहरेको बेलामा नेकपा एमालेले भने कुनै पनि नियु्क्त नगर्न चेतावनी दिएको छ । साथै उसले सरकारले नियुक्त गरेपनि पत्र नबुझ्न पनि आग्रह गरेको छ । एमाले सचिव योगेश भट्टराईले शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनताद्धारा अस्विकृत भएको भन्दै, अव वन्ने आफुहरुको सरकारले वर्तमान सरकारका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता नदिने नदिने प्रष्ट पार्नुभयो । कामचलाऊ सरकारलाई मनपरी निर्णय नगर्र्न र कर्मचारी नेतृत्वलाई समेत सम्लग्न नहुन एमाले प्रचार विभाग समेत रहेका सचिव भट्टराईले सचेत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले विहिबारसम्म  प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्ने बारेमा निर्णय गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधि तथा प्रदेशसभा एमालेले भने कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाउदै आएको छ ।
यसअघि एमाले महासचिव ईश्वर पोखरेलले हिजो  विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुनपुगेकोसरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको थियो ।

http://radioannapurnanepal.com/program-archive/1672/Janapratinidhi/

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us