कार्यकारी रास्ट्रपतिय प्रणालीले देश द्वन्दको खतरामा - कांग्रेस नेता डा. शेखर कोइराला
12 Dec 2017 | 00:00 AM

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रकै आन्तरिक कमजोरीका कारण भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले निरासाजनक नतिजा बेहोर्नु परेको बताउनु भएको छ । मोरङ २ बाट प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका नेता लालबाबु पण्डीतसंग पराजित हुनुभएका डा कोइरालाले सरकारमा रहँदा काग्रेशले गरेका निर्णय जनताले नरुचाएको,लोकतान्त्रिक गठबन्धन नाम दिएर समुह निर्माण गरे पनि त्यो स्पष्ट नभएको र पार्टीभित्रकै आन्तरिक कलहका कारण निर्वाचनमा काग्रेशले नराम्रो हार बेहोरेको स्विकार गर्नु भयो ।

जनताले आफूहरुलाई दिएको मतलाई कदर गर्दै उहाँले स्थानीय तहमा उम्मेदवार चयन गर्दादेखि अहिले पनि टिकट बाँडफाँड गर्दा न्यायसंगत नहुँदा उनीहरुले अहिलेको निर्वाचनमा पुर्ण रुपमा सहयोग नगर्दा पनि पार्टी पछाडी परेको बताउनु भएको छ । रेडियो अन्नपुर्ण नेपालको कार्यक्रम 'मूलप्रवाह'मा आज विहान कुरा गर्दै डा कोइरालाले वाम गठबन्धनले चुनाव पछि स्थिर सरकार बनाउँछौँ भनेर विश्वास दिलाएको र यसमा आफूहरुले जनतालाई विश्वास दिलाउन नसक्दा पनि दोश्रो संविधान सभाको पहिलो दल काग्रेश अहिले निरासाजनक तेश्रो दलमा खुम्चनु परेको स्पष्ट पार्नु भयो ।
पार्टी पराजित हुनुमा कुनै एक व्यक्तिको मात्र दोष नरहेको भन्दै नेता कोइरालाले भन्नुभयो' - 'अब पार्टी सुदृढिकरणको लागि नयाँ वहस आवश्यक छ, अबको १० दिनमा केन्द्रिय समितिको बैठक बस्नु पर्ने र १ महिनाभित्र महासमिति वैठक डाकेर नयाँ रणनीति तय गर्नु पर्दछ।'
अर्को प्रसङ्मा नेता कोइरालले चुनाव अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दिनु भएका अभिव्यक्ति अनुसार संविधान संशोधन गर्न खोजिए देशका लागि प्रत्युत्पादक हुने बताउँदै वाम गठबन्धनले भनेजस्तो प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीले देश द्धन्दमा फस्ने दावी गर्नु भयो ।

नेता कोइरालाले पार्टीभित्र अब चुनौतिका चाङ थोपरिएकोले भावी दिनमा चुप लागेर बस्न नहुने भन्दै काग्रेश भावी दिनमा सरकारको गुण र दोषको आधारमा अगाडी बढ्ने बताउनु भयो । मोरङ २ बाट प्रतिनिधि सभा निर्वाचनमा आफू पराजित भए पनि आफू निरास भने नभएको उहाँले बताउनु भयो । जनताले आफूलाई निकै माया गरेको बताउँदै पार्टी भित्रकै केही व्यक्तिले पुर्ण सहयोग नगर्दा झिनो मतान्तरमा आफू पराजित हुनु परेकोजनाउनु भयो ।

 

http://radioannapurnanepal.com/program-archive/1671/Mul-Prabhah/

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us