सामाजिक सन्जाल बाट किन डराउछन् रातेकाइला ?
21 Jun 2016 | 13:43 PM

असार ७ , काठमाण्डौ ।

रातेकाइला उपनाम बाट चिनिने कलाकार सुनिल थापा औपचारीक कार्यक्रममा त्यति सहभागिता जनाउदैनन् तर यसै साता उनले सन्चालन गरेको फिल्म एकेडेमि एभरेष्ट फिल्म एकेडेमिको औपचारीक उद्घाटनमा थापालाइ केहि असहज भएको हो कि झै लाग्यो । उक्त एकेडेमिको अध्यक्षता लिएका थापालाइ सभापति बनाइएको सो कार्यक्रममा माननिय सुचना तथा सन्चार मन्त्रि शेरधन राइको उपस्थिति रहेको थियो । स्टेजमा गएर उपस्थित चलचित्रकर्मि , पत्रकार तथा पाहुनालाइ सम्बोधन गर्ने क्रममा उनले बारम्बार सामाजिक सन्जाल प्रति डर लाग्ने प्रतिकृया दिए ।

हुन त भर्खरै नायीका करिस्मा मानन्धरले नयाँ शक्तिको घोषणामा उद्घोषण गर्ने हुदा करिस्माले पाएको आलोचनाको कारण पनि थापा को डर बढेको हो कि भन्ने अनुमान गर्न सकिन्थ्यो । आफ्नो फिल्मी करिअरमा यो प्रकारको कार्यक्रममा सभापति भएर आगन्तुक पाहुनालाइ सम्बोधन नगरेको बताउदै थापाले बोल्दा बोल्दै कतै चिप्लिए सामाजिक सन्जाल बाट आलोचना खेप्नु पर्ने पो हो कि भन्ने डर सम्बोधनको क्रममा उनले बताइनै रहे ।

धेरै भाषाको ज्ञान भएका थापाको बोल्ने क्रममा अंग्रेजी र नेपाली र यदाकदा हिन्दि पनि बोल्ने गर्छन् तर बलिउडका कार्यक्रममा भने उनि अंग्रेजी भाषा मात्र प्रयोग गर्छन् । खैर थापाले मन्त्रिज्यूको अगाडि औपचारीक रुपमा मन्तव्य दिने क्रममा आफूलाइ सम्हाल्दै सामाजिक सन्जाल बाट आलोचित हुन बाट चाहि जोगिए

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us