द्धन्द निर्देशक चन्द्र पन्तको डिमान्ड बढ्दो, उनलाइ खोज्दै भोजपुरी फिल्मको दुइ टोलि काठमाण्डौमा
18 Jun 2016 | 10:21 AM

असार ४ , काठमाण्डौ । 
हलिउड मा द्धन्द निर्देशकहरुको एक वर्कसप मा सहभागिता जनाएका चन्द्र पन्त नेपाल फर्के पछि झन् धेरै व्यस्त हुन थालेका छन् । पुराना एव नाम चलेका निर्माता निर्देशकले पनि उनलाइ उनकै रेटमा फिल्म साइन गराउन थाले पछि चन्द्र पन्त डिमान्डेट द्धन्द निर्देशक संगै व्यस्त पनि छन् । 


नेपाली, भोजपुरी , हिन्दी भाषाका चलचित्रमा द्धन्द निर्देशन गरिसकेका पन्त आफ्नै डेव्यू निर्देशनमा एक भोजपुरी फिल्म पनि निर्देशन गर्ने भएका छन् । फिल्मको द्धन्द निर्देशनको लागि पर्याप्त समय दिने र आफ्नो कामलाइ उच्च प्राथमिकता दिने उनको सिद्धान्त भएको बताउछन् । 
भर्खरै मात्र  उनले लप्पन छप्पन मा द्धन्द निर्देशन गरेका पन्तले छबिराज प्रोडक्सनको हिफाजत २मा साइन गरेका छन् । हिफाजत २ संगै उनले अन्य २ वटा  अनटाइटल फिल्म साइन गरिसकको उनी बताउछन् । यतिबेला एक भोजपुरी फिल्मको प्रिप्रोडक्सनमा उनि व्यस्त छन् । निर्देशक पन्त मुम्बइ जाने समय नमिले पछि २ वटा भोजपुरी फिल्मको यूनिट काठमाण्डौ आएका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us