बरिष्ठ संगीतकार अम्बर गुरुङ को निधन
07 Jun 2016 | 14:26 PM

काठमाडौं, २५ जेठ ।

नेपालको राष्ट्रिय गित सयौ थुगा फूलका हामि का संगितकार अम्बर गुरुङको ७९ बर्षको उमेरमा गत राति अर्थात मंगलबार २ बजेर ३७ मिनेटमा निधन भएको छ । बि स १९९४ फागुन १४ मा दार्जिलिङमा जम्मिएका अम्बर गुरुङ एक साता अघि ग्रान्डि अस्पताल भर्ना भएका थिए । गत आइतबार बाट भने उनलाइ भेन्टिलेटरमा राखिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।संगितकार गुरुङ दार्जिलिङमै रहदा नेपाली गितमा संगित दिन थालेको थिए । बि स २०२६ मा राजा महेन्द्रको निम्तोमा नेपाल आए र नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा संगित बिभाग हेर्ने जिम्मा पाए । उनले निरन्तर ३० बर्ष सम्म संगित बिभागको निर्देशक भएर काम गरे । बिभिन्न चलचित्र मा पनि उनले पाश्र्वसंगित दिएका छन् । उनले गोरखा दक्षिण बाहु , जगदम्बा पुरस्कार , इन्द्र राज्य लक्ष्मि , छिन्नलता पुरस्कार , महासेनानी सम्मान जस्ता दर्जनौ सम्मान तथा पुरस्कार उनले पाएका छन् ।


सैनिक गान रातो र चन्द्र सुर्य जंगि निशान हाम्रो गितका संगितकार पनि गुरुङ नै हुन् । उनको यो गितलाइ सैनिक गित घोषणा गर्दै सैनीकले महासेनानी सम्मान प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us