तरबारले हान्दा मामाको हात दुई टुक्रा
03 Jun 2016 | 12:11 PM

छेटु शेर्पा 

संखुवासभा,२१ जेठ । घरमा सामान्य विवाद हुँदा भाञ्जाले तरबार प्रयोग गरेपछि मामाको हात दुई टुक्रा भएको छ । स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवारले दुई टुक्रा बनाएका हुन् ।

घरमा सामान्य विवाद भएपछि बिहीबार रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौ लाने तयारी गरेको परिवारले जानकारी दिएको छ ।

आरोपितलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले भने ज्यानमार्ने उद्योग अन्र्तगत अंगभंग महलमा मुद्धा चलाउने तयारी गरेको छ ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us