स्कुलबाट भागेर प्रेमिकालाई भेट्न जाँदा
03 Jun 2016 | 11:31 AM

मोडल दिक्पाल कार्कीले स्कुलबाट भागेर प्रेमिकालाई भेट्ने गरेको बताएका छन् । 

१. पहिलो प्रेम ?
कक्षा ७ मा पढ्दा भएको थियो ।

२. उनीप्रति कसरी आकर्षित हुनुभयो ?
कक्षा ७ मा अर्को स्कुलबाट हाम्रो स्कुलमा नयाँ विद्यार्थीहरू आएका थिए । कक्षामा परिचय गर्ने क्रममा एउटी केटी एकदम मन पर्‌यो । मैले पनि फिल्मी स्टाइलले पछाडि फर्केर उसलाई हेरेको थिएँ ।
३. प्रेम व्यक्त पनि गर्नुभयो ?
म कक्षाको फस्र्ट ब्बाई थिएँ । यत्तिकै प्रस्ताव गरिहाल्न अप्ठ्यारो । करिब दुई वर्षपछि उनले आफैं प्रस्ताव गरिन् । निकै खुसी भएँ । तुरुन्तै स्वीकार गरेँ ।
४. निद्रा हराएन ?
वन साइड लभ हुँदा चाहिँ निद्रा, भोक सबै हराएको थियो । तर एक्सप्रेस भइसकेपछि रिलिफ भयो ।
५. डेट ?
डेट जाने चलन थिएन । स्कुल पछाडि ग्राउन्डमा भेट्थ्यौं । पछि उनी अर्कै स्कुलमा गइन् । स्कुलबाट भागेर उनलाई भेट्न जान्थेँ ।
६. उपहार ?
पोस्ट कार्ड, प्लास्टिकको फूल दिने गथ्र्यौँ ।
७. त्यो प्रेम कति समय चल्यो ?
प्लस टु पढ्दासम्म प्रेमसम्बन्ध चल्यो । तर पछि दुवैजना आआफ्नो करियरमा व्यस्त हुन थाल्यौं । विस्तारै टाढा भयौं । अहिले पनि भेटघाट हुन्छ तर प्रेम सम्बन्धमा छैनौं ।
८. अहिले ?
हार्ट टु हार्ट कनेक्सन हुने मान्छेसँग मात्र सम्बन्ध गाँस्न चाहन्छु । अहिले त्यस्तै मान्छेको खोजीमा छु ।
९. पहिलो प्रेमको यादले सताउँदैन ?
अहिले सम्झिँदा त्यो प्रेमभन्दा बढी आकर्षण थिएन । तापनि सोचेजस्तो साथी नभेटिँदा त्यही सम्बन्धलाई निरन्तरता दिएको भए हुने जस्तो पनि लाग्छ ।
१०. प्रेम र विवाह एउटैसँग हुनुपर्छ ?
टिनएजमा भएको प्रेमसम्बन्ध अपरिपक्वताको कारण विवाहमा परिणत नहुन पनि सक्छ । तर परिपक्व भएपछि गाँसिएको सम्बन्ध विवाहमा परिणत भए राम्रो । तर हुन्छ नै भन्ने ग्यारेन्टी कुनै पनि सम्बन्धमा हुँदैन ।
प्रस्तुति: विनीता मरहट्टा

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us