प्रकाश सिलवाल
धनुषा,१८ जेठ । ‘शिक्षक हुँ' भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको छ । नियुक्तिपत्र देखाउँदै कार्यालय पुग्ने ती व्यक्तिलाई कर्मचारीले सुरुमा होला त नि भन्दै तलब निकासा दिन पुग्छन् ।
विद्यालय र समुदायले नचिन्ने २२ व्यक्तिलाई तीन महिनाको तलब निकासा भइसकेपछि उनीहरु नक्कली शिक्षक भएको पाइयो ।सम्बन्धित विद्यालय र समुदायबाट उजुरी आएपछि त्यो तथ्य पत्ता लागेको हो । हाल ती नक्कली शिक्षकको तलब रोक्का छ । अनियमित भएको रकम कोबाट असुल्ने र कुन कार्यकालको कार्यालय प्रमुख वा कर्मचारी कारबाहीमा पर्ने भन्ने अनुसन्धानबाट थाहा हुनेछ ।
चालु आवको पहिलो चौमासिकको तलब खाइसकेका ती शिक्षकको नियुक्तिपत्रमा हस्ताक्षर गर्ने जिल्ला शिक्षा अधिकारी अहिले जिम्मेवारीमा छैनन् तर यो प्रकरणलाई कसरी टुङ्गो लगाउने भनेर शिक्षा कार्यालयलाई टाउको दुखेको छ । कार्यालय सो फर्जी नियुक्ति प्रकरणबारे स्पष्टीकरण दिन व्यस्त छ ।
अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल पत्रको जवाफ लेखेर हैरान भएको सो कार्यालय ती फर्जी नियुक्तिपत्रसम्बन्धी पुराना अभिलेख नपाएपछि थप सङ्कटमा देखिएको छ ।
अनेक प्रकरण र राजनीतिक हस्तक्षेपका कारण जिल्लामा यस आवमा मात्र तीन जना शिक्षा अधिकारीको परिवर्तन भइसकेको छ ।आयोगको हेटौँडा क्षेत्रीय कार्यालयले गत वैशाख ६ को पछिल्लो पत्रमा सो प्रकरणको छानबिनबारे स्मरण गराइएको थियो ।
शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले धनुषाको सो प्रकरणबारे विस्तृत बुझ्न बाँकी रहेको बताए ।तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलका पालामा नियुक्ति पाएको भन्दै नियुक्तिपत्र बोकेर २२ जना शिक्षक कार्यालयमा तलब माग्न आउने क्रम रोकिएको छैन ।
ती नियुक्तिको अभिलेख नभेटिएपछि अख्तियार र सतर्कता केन्द्रको निर्देशनमा तलब रोक्का गरी छानबिन प्रारम्भ गरिएको छ ।अनियमितताका भिन्नभिन्न ७१ प्रकरणमा मण्डललाई अख्तियारले निलम्बन गरी छानबिन गरिरहेको छ ।
उनले सफाइ पाउने र पुनः जिम्मेवारी पाउने क्रम पनि चलिरहेको छ । मण्डलले जिल्लाको एक विद्यालयमा कार्यरत आफ्नी श्रीमती शिक्षकलाई पनि घरबाटै सरुवा पत्र दिएको बुझिएको छ ।
विगतका कतिपय दस्तावेज समेत केही पूर्व शिक्षा अधिकारीको घरमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।कार्यालयको छाप, चिठीपत्र र दर्ता÷चलानी पुस्तक समेत उतै खडा गरी शिक्षक नियुक्ति र सरुवा गरी अहिले पनि पत्र आउने गरेको आशङ्का गरिएको छ ।
विद्यालय क्षेत्रमा नक्कली (झोले) विद्यालय र खेताला शिक्षकका प्रकरणपछि धनुषामा नक्कली शिक्षकको प्रकरण भेटिएको छ ।धनुषाका उपजिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले नियुक्ति भएको अभिलेख नपाइने तर तलब पाउँ भन्ने तथा सरुवा भयो भन्दै नयाँ नयाँ पत्र लिएर आउने ‘हवाई शिक्षक' ले कार्यालयमा हैरान दिने गरेको बताए ।
कर्णले भने, यस्ता प्रकरणका कारण हामीलाई शिक्षक दरबन्दी मिलान र गुणस्तरीय शिक्षा कायम गर्ने काम फलामको च्युरा सरह भएको छ ।' कार्यालयमा नयाँ २७ शिक्षकको दरबन्दी वितरण हुन बाँकी छ ।
कार्यालयले शैक्षिक अनियमितताबारे धेरै उजुरी र त्यसमा माथिल्लो निकायबाट स्पष्टीकरण माग हुन थालेपछि उपशिक्षा अधिकारी मेहीलाल यादवलाई अन्य जिल्लामा नभएको जिम्मेवारी ‘अख्तियार फोकल पर्सन' तोकिदिएको छ ।
यादव भन्छन, ‘मेरो काम नै अख्तियार र सतर्कता केन्द्रका पत्र अभिलेख गर्ने, पत्र तयार गर्ने र पठाउने भएको छ । एकै दिनमा चार पाँच वटा अनियमितता सम्बन्धी पत्राचार हुने गर्छ । रासस
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस