मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
17 Mar 2016 | 16:46 PM

पवन पौडेल


दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा चुनाव नहारेको अभिव्यक्ति दिएका छन् । पार्टीको महाधिवेशनपछि जिल्ला आएका नेता पौडेलले बीपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेट कार्यक्रममा बोल्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे । 

‘हामीले चुनाव हारेका छैनौं,’ उनले भने, ‘यो चुनाव हामी सबैको जीत हो ।’ आफुले लामो समयदेखि उठाउँदै आएको भागवण्डा अन्त्य हुनुपर्छ भन्ने माग पुरा भएको भन्दै उनले ४१ जिल्लाका सभापति आफ्नो पक्षमा रहनुले पनि चुनावमा जीत भएको बताए । 
 
‘चुनावमा मेरो पक्षमा देश मात्र नभएर विदेशबाट समेत ठूलो संख्यामा साथीहरु आउनुभएको थियो,’ उनले भने, ‘प्राविधिक हिसाबले मात्र केही पछि परेका हुँ । यसलाई ठूलो इस्यु बनाउनु जरुरी छैन ।’
आफुलाई कार्यकर्ताहरुले ठूलो जिम्मेवारी दिएको भन्दै उनले त्यो जिम्मेवारी पुरा गर्ने बताए । महाधिवेशन सकिएलगत्तै आफ्ना मतदातालाई आभार प्रकट गर्न भन्दै देश दौडाहामा निस्केका पौडेलले गृहजिल्लाका कार्यकर्तालाई आश्वस्त पार्दै आफु सभापति नभए पनि आफ्ना तर्फबाट हुने काममा कुनै कमी आउन नदिने बताए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us