फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त
17 Mar 2016 | 16:34 PM

देवचन्द्र भट्ट


काठमाडौं,४ चैत्र । राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त भएको छ । भूकम्पबाट भत्किएको घर निर्माणका लागि  रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो । 

हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए । 

 गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो । बिहीबारमात्रै यो हेलिकोप्टरले चार पटक रडक लाङटाङ पुर्याएको थियो । ‘चौथो खेप रड पुर्याएर फर्कने क्रममा उड्नेबित्तिकै पंखा खुस्किएर हेलिकोप्टर भुइँमा बजारिएछ’, रसुवाका प्रजिअ अधिकारीले भने, ‘दुर्घटनामा परेका पाइलोटलाई स्थानीयले उद्धार गरेपछि फिस्टेलकै अर्को हेलिकोप्टरले धुन्चे ल्याएको छ ।’

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us