सार्कको उद्धेश्य प्राप्ति गर्न नेपाल प्रतिवद्ध: प्रधानमन्त्री
17 Mar 2016 | 13:10 PM

अन्नपूर्ण


काठमाडौं,४ चैत्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली सहयोग संगठन (सार्कको) उद्धेश्य प्राप्तिका लागि नेपाल सदैव प्रतिवद्ध रहेको बताएका छन् । पोखरामा आयोजित सार्कको ३७ औं परराष्ट्र मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले सार्कको भावना र उद्धेश्य पूर्तिका लागि नेपाल प्रतिवद्धताका साथ लागिरहेको बताएका हुन् । 

 उनले सार्कलाई यसको गठनताका तय गरिएको उद्धेश्य प्राप्तिका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्नेमा पनि जोड दिएका छन् । ३७ औं मन्त्रिपरिषद्का अध्यक्ष एवम् परराष्ट्रमन्त्री थापाले स्वागत मन्तव्य व्यक्त गर्दै जल, स्थल र वायु मार्गबाट सार्क सदस्य देशलाई जोडेर व्यापार विस्तारलगायत आर्थिक उन्नयनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए । 
 
नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्न सार्क क्रियाशील रहेको बताए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us