३.२ मेगावाटको जलविद्युत तीन वर्षदेखि बन्द
15 Mar 2016 | 15:53 PM

रत्नप्रसाद आचार्य

इटहरी,२ चैत्र ।  देशकै सबैभन्दा ठूलो सप्तकोसी नदीबाट उत्पादित ३.२ मेगावटको एकमात्र चतरा जलविद्युत प्रशारण केन्द्र तीन वर्षदेखि बन्द रहेको छ ।  जलविद्युत आयोजना बन्द भएपछि सुनसरीको बराहक्षेत्र गाविसका वासिन्दा स्थानीय उत्पादनको विद्युतसुविधाबाट बञ्चित भएका छन् । 

बराहक्षेत्र गाविसका वासिन्दाले पटक पटक बन्द जलविद्युत आयोजना सुचारु गर्न माग गरेका छन् । तर उनीहरुको माग सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आक्रोशित भएका छन् । 
सुनसरी–मोरङ सिंचाई आयोजनाले २०५४ सालमा चतरा नहरबाट ३.२ मेगावट विद्युत उत्पादन गरेको थियो ।

३.२ मेगावट बिद्युत प्रसारण केन्द्र आयोजनाले २०५६ सालमा नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेपछि सुनसरीको बराहक्षेत्र गाविसमा विद्युत लाइन विस्तार गरी बाँकी विद्युत केन्द्रिय प्रसारणबाट समेत वितरण भइरहेको थियो । 

जर्मन कम्पनीले बनाएको विद्युत केन्द्रको दुबै युनिटमा खराबी आएपछि चतरा जलविद्युतको उत्पादन बन्द भएको थियो । तीन वर्षदेखि चतरा जलविद्युत केन्द्र बन्द हँुदा बराहक्षेत्र गाविसमा खानेपानीको चरम अभाव भएको स्थानीयबासिन्दा डम्बर सिग्देलले बताए । 
 
जलविद्युत बन्द भएपछि जमिनमुनिबाट बोरिङ्ग गरेर वितरण गरिँदै आएको चतरा खानेपानी योजना समेत प्रभावित हुँदा बराहक्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको उनले बताए । 
स्थानीय वासिन्दाले पटक पटक अवरुद्ध जलविद्युत केन्द्र मर्मत गरी संचालनमा ल्याउन माग गर्दा विद्युत प्राधिकरणले चासो नदेखाएको अर्का स्थानीय युवराज श्रेष्ठको आरोप छ ।

चतरा जलविद्युत केन्द्रको मेन गर्भनर र प्रोटेक्सनमा खराबी आएपछि तीन वर्षदेखि चतरा जलविद्युत केन्द्र अवरुद्ध भएको केन्द्रका प्रमुख ईन्जिनियर ललन ठाकुरले बताए । उनले बन्द  विद्युत केन्द्र मर्मत गर्न पटक पटक विद्युत लाईन मर्मत गर्न बजेट माग गर्दासमेत वास्ता नगरिएको बताए । विद्युत केन्द्र बन्द भएपछि केन्द्रमा कार्यरत १६ जना कर्मचारी कामविहीन भएको ठाकुरले बताए 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us