डिजेल तस्करी गर्ने पम्पलाई विक्रीमा प्रतिबन्ध
15 Mar 2016 | 15:38 PM

किशोर बुढाथोकी


विराटनगर,२ चैत्र । डिजेल तस्करी गरेको भन्दै विराटनगर–५ मा रहेको धिताल पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । विक्री वितरणमा रोक लगाउँदै पम्पमा सोमबार साँझ शिलबन्दी गरिएको हो । पेट्रोल र डिजेल विक्री गर्न नपाउने गरी पम्पमा ताला लगाइएको छ । 

गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरको नेत्रृत्वमा जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पम्प शील गरेको हो । पम्पबाटै ट्यांकरको प्रयोग गरेर डिजेल तस्करी गर्दै अन्यत्र लगेर महँगोमा विक्री गर्ने गरेको पाइएको थियो । पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना ४ ख ४१४२ नम्बरको ट्यांकर र पम्पका तीनजना कर्मचारी सहित पाँचजनालाई प्रहरीले आइतबार राति १२ बजे नियन्त्रणमा लिएको थियो । 
 
पक्राउ परेका पाँचै जनाविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाइको छ । प्रहरीले पम्पका कर्मचारीहरु सुनसरी बकलौरी–३ का ४२ वर्षीय सीताराम चौधरी, विराटनगर–५ का ३२ वर्षीय रमेश अधिकारी र बजारु चौधरीलाई पक्राउ गरेको हो । 
 
ट्यांकरका चालक सुनसरी सिंघिया–२ का २४ वर्षीय जोगिन्द्र उराउ चौहान र सहचालक सुनसरी प्रकाशपुर ६ का २५ वर्षीय भीमबहादुर माझीपनि पक्राउ परेका छन् । प्रहरीले पम्पमा छापा हानेर पाँचजनालाई नियन्त्रणमा लिएको थाहा पाएपछि पम्प संचालक मनीष मारु फरार बनेका छन् । 
 
उनको खोजीका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनले भने, ‘पम्पबाटै तस्करी गर्ने गरेको पाइएपछि अन्य पेट्रोल पम्पहरुमा समेत कडाई गरिएको छ ।’ विक्रीमा रोक लगाइएको धिताल पम्पले यस अघिदेखिनै ट्यांकरमा हालेर डिजेल बाहिर पठाएर महँगो मूल्यमा विक्री गर्ने गरेको पुष्टिपनि भइसकेको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us