​ अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ
15 Mar 2016 | 00:00 AM

लहान,२ चैत्र । अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका सिरहा, लहान नगरपालिका-१९ निवासी २९ वर्षीय मोहमद फिरोज राइन र जमदह गाविस-८ निवासी ३० वर्षीय महादेव यादवलाई पक्राउ गरिएको हो। 

 दोषी राइनलाई सिरहा अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो भन्ने यादवलाई कुटपिट-अङ्गभङ्ग मुद्दामा तीन महिना कैद सजाय तोकेको थियो। फैसला सँगै दुवै जना फरार रहेका थिए। 

 प्रहरीले राइनलाई सप्तरीको मौवा गाविस-२ स्थित ससुराली घरबाट तथा यादवलाई सिरहाको गोलबजार नगरपालिका-३ स्थित डेराबाट पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। दुवै जनालाई जिल्ला अदालत सिरहामा बुझाइने जनाइएको छ। रासस 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us