पोखराको ब्यस्त बजारमा दिउँसै लाखौं लुटियो
15 Mar 2016 | 14:19 PM

कृष्णमणि बराल


पोखरा,२ चैत्र । यहाँको ब्यस्त बजार नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । सभ्यता मनि ट्रान्सफरका कर्मचारीलाई पेस्तोल देखाएर झोलामा पैसा राख्न लगाइ पैसासहित भाग्दै गर्दा एक युवा समातिएका हुन् । 

स्थानीयको सहयोगमा सुनसरी घर भई हाल पोखराको रामबजारमा बस्ने प्रशान्त थापामगरलाई पेस्तोलसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए । 

ग्राहकको भेषमा गएका तीनजना लुटेराले लुटपाट गरेका थिए । लुटपाट भएपछि मनि ट्रान्सफरका कर्मचारीले हारगुरहार गरेका थिए । एकजना लुटेरालाई स्थानीयले समातेर प्रहरीलाई बुझाए पनि दुईजना फारर छन् । पोखरामा उच्च सुरक्षाकासाथ सार्क विदेश मन्त्रीस्तरीय बैठक भइरहेका बेला पोखरा विमानस्थल नजिकैको ब्यस्त बजार नागढुङ्गामा लुटपाट भएको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us