काठमाडौं (अन्नपूर्ण),२,चैत्र। अमेरिकामा आयोजना हुने क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल' (निभ्न लागेको दियो) प्रदर्शन हुने भएको छ। नरेशकुमार केसी निर्देशित यस फिल्म तीन विधामा मनोनयनमा पनि परेको छ।
उत्कृष्ट फिल्मका साथमा सिर्जना सुब्बा उत्कृष्ट अभिनेत्री तथा दीपांकर सिग्देर र रविन आचार्य उत्कृष्ट छायाकार विधामा मनोनयनमा परेको निर्देशक केसीले जानकारी दिए । मंगलबारदेखि ६ दिनसम्म चल्ने फेस्टिभलमा शनिबार फिल्म प्रदर्शन हुँदैछ।
यो फिल्म गत भ्यालेन्टाइन्स डे मा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियामा अध्ययन गरेका निर्देशक केसी दुई साताअघि यही विश्वविद्यालयमा पनि फिल्म प्रदर्शन गरेका थिए।
फिल्ममा दिदीभाइबीचको आत्मीयतालाई विषयवस्तु बनाइएको केसीको भनाइ छ। फिल्ममा सिर्जना सुब्बा, सिंगी तामाङ, अर्पण थापा, सौगात मल्ल र विद्या कार्कीलगायतको अभिनय छ।
रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन्। नेपालमा भने आगामी असारमा यो फिल्म प्रदर्शन हुँदैछ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस