भीमदत्तनगर, २ चैत । आइतबार राति परेको वर्षासँगै चट्याङ पर्दा कञ्चनपुरको झलारीमा रहेका दुई वटा सञ्चारमाध्यममा क्षति पु¥याएको छ । चट्याङ पर्दा झलारी बजारमा रहेको प्रभु एफएममा क्षति पुग्दा प्रसारण अवरुद्ध भएको छ । एफएमका विद्युतीय सामग्रीमा समेत चट्याङका कारण क्षति पुगेको छ ।
त्यसैगरी, झलारी बजारबाट प्रकाशित हुने स्थानीय ‘पहिचान खबर’ दैनिकका दुई थान कम्प्युटर सेटलगायतका विद्युतीय सामग्रीमा चट्याङले क्षति पु¥याएको पहिचान खबरका पत्रकार अर्जुन सिंहले जानकारी दिनुभयो ।
चट्याङले ग्रामीण भेगमा क्षति पु¥याउनुका साथै विद्युत् सेवा समेत केही स्थानमा अवरुद्ध भएको छ । त्यसैगरी, वर्षासँगै असिना पर्दा खेतमा लगाएको गहुँ, तोरी, तरकारीमा समेत क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले जानकारी दिनुभयो ।
उहाँले सबैभन्दा बढी तरकारी किसान मारमा परेको जानकारी दिनुभयो । कृषि विकास कार्यालयले असिनापानीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने जनाएको छ । रासस
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस