​ विराटगोल्डकपको उपाधि नेपाल पुलिसलाई
27 Feb 2016 | 17:17 PM


विराटनगर, १५ फागुन । नेपाल पुलिसले विराटनगरमा जारी विराट गोल्डकपको उपाधि उचालेको छ । विराटनगरको शहिद रंगशाालामा शनिवार  भएको फाईनल खेलमा झापा ११ लाई १–० ले पराजीत गर्दै पुलिसले उपाधी उचालेको हो । उच्च मनोबलका साथ मैदानमा उत्रिएका दुवै टोलीबिच खेलभर कडा प्रतिष्पर्धा भएको थियो ।

खेलको ८७ औ मीनेटमा नेपाल पुलीसका लागि भरत शाहले उत्कृष्ठ गोल गर्दै उपाधि दिलाए ।  गत शालको उपाधि विजेता झापाले यसपटक  उपविजेतामा चित्त बुझायो । पुलिस क्लव आयोजक मोरङ फुटबल क्लबलाई १–० गोलान्तरले हराउँदै फाइनलमा पुगेको थियो  भने झापा ११ ले शसस्त्र प्रहरीको फुटबल टोलीलाई २–० ले पाखा लगाउँदै फाइनलमा पुगेको थियो ।  प्रतियोगिताको विजयी पुलिसले  ५ लाख १ हजार र उपबिजेताले ३ लाख १ हजार रुपैया प्राप्त गरेका  छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us