भुवन केसीले लाखौँ घोटाला गरेको आरोप
26 Feb 2016 | 18:32 PM

१४ फागुन । नायक भुवन केसि माथि लाखौको घोटाला गरेको आरोप लागेको छ । अर्को साता रिलिज हुने चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने रबि बस्नेत ले बिभिन्न संघ सस्थामा उजुरी दिएका छन् । निर्माता रवि बस्नेतले भुवन केसीले आफुमाथी अन्याय गरेको भन्दै न्यायका लागी अपराध अनुसन्धान महाशाखा, सुचना तथा संचार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र चलचित्र विकास बोर्ड गुर्हान पुगेका छन् । निर्माता वस्नेतले यि ४ वटा निकायमा पेश गरेको निवेदनमा आँफु ठगीएको भन्दै न्याय दिलाईदिन माग गरेका छन् ।

साथै उनले चलचित्र ड्रिम्सको प्रर्दशन रोक्न पनि माग गरेका छन् । तर चलचित्र ड्रिम्सको सेन्सर भने पास भइसकेको छ । रवि बस्नेत, सत्य नारायण बस्नेत र काजोल फिल्मस् प्रालीका संचालक भुवन केसी समेत ३ जना मिली २०७१ वैशाख १८ गतेका दिन नेपाली कथानक चलचित्र ड्रिम गर्ल निर्माण गर्ने सहमती भएको थियो । तिनजना मिलि बिभोर बिकाश बैङकमा खाता समेत खोलेका थिए । तिन जनाले ३३ — ३३ प्रतिशत मुनाफा राख्ने सहमति अनुसार चलचित्र ड्रिम गर्ल छायांकन भनिए पनि पछि भुवन केसि ले कम्पनिको नाम र फिल्मको नाम नै परिवर्तन गरिदिएको आरोप बस्नेतले आरोप लगाएका छन् ।

भुवन केसि ले रबि लाइ ड्रिम्सको निर्माता होइन भने पछि यो बिबाद बाहिर आएको हो । तर रबि भने ड्रिम्सको छायांकन अबधिभर संगै हिडेका भुवन केसिको नाममा बारम्बार पैसा हालेको पनि बताएका छन् । ड्रिम्स को छायांकनमा नै रबि को १९ लाख ६० हजार सकिएको भनिएको छ । निर्माता रबि बस्नेतले प्रेस बिज्ञप्ती जारी गर्दै एउटा सानो निबेदनले समेट सेन्सर सिफारिस रोक्ने चलचित्र बिकाश बोर्डले एक साथ ४ वटा संस्थामा उजुरी दर्ता गरे पनि सेन्सर सिफारिस दिएको भन्दै बोर्डको नियतमाथि पनि प्रश्न चिन्ह खडा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us