तराईमा यसरी मौलाउँदैछ दाईदो प्रथा
26 Feb 2016 | 17:49 PM



जनकपुरधाम, फागुन १४ गते । सिरहाका मदन महरा शुक्रबार जनकपुरको बजाज मोटरसाईकल सो रुममा गाडी छान्दै थिए । उमेरले ६० औं बसन्त नाघि सकेको महरा आफ्नो लागि नभई छोरीको विहेमा ज्वाईलाई दाईजो दिनका लागि मोटरसाईकल किन्न जनकपुर आएका थिए । उनी संगै केटा पक्षका जेठा दाई रामसेवक रविदास पनि आफ्नो मन अनुसारको मोटरसाईकल छनौट गरिराखेका थिए । 
आर्थिक रुपमा विपन्न रहेका महराले छोरीको विहेमा केटा पक्षले केही आर्थिक रुपैंया संगै मोटरसाईकल अनिवार्य हुनै पर्ने मांग गरेपछि कुटुम्बहरुले भनेको ठाउंमा गाडी किन्न आएको बताए ।  
जनकपुरमा अहिले मोटरसाईकल सोरुमहरु दाईजोको मोटरसाईकल किन्न आउनेहरुको कारण भरिभराउ रह्ने गरेको छ । केटा पक्ष र केटी पक्षको तर्फबाट नातेदारहरु समेत गाडी किनाउन आएपछि एउटा ग्राहकको पछाडी दशजना निरर्थक आएर भिड जम्मा हुने गरेको बजाज सोरुमका प्रमुख श्याम नारायण साहले बताए । कहिले कांही त केटापक्ष र केटीपक्षमा मोटरसाईकल कसले लग्ने भन्ने विवादका कारण हातपात समेत हुने गरेको र यहींबाट सम्बन्ध विग्रेर विहेनै नहुने अवस्था सम्म पुग्ने गरेको साहले बताए । केटी पक्षकाले विहे भएको दिन गाडी केटालाई दिने भन्ने गरेको र केटाबालाले अहिले देखिनै आफुहरु गाडी राख्ने भनेर विवाद गर्ने गरेको साहले सुनाए । 


तराई मधेसमा छोरीको विहेमा दहेज (दाईजो) दिनुपर्ने कुप्रथा व्यापक रहेपनि अहिले आएर दाईजोमा रकम, गरगहना संगै मोटरासाईकल अनिवार्यता भएको छ । विहेको कुरा चल्दा केटा पक्षले विहेमा लाग्ने सम्पूर्ण खर्च सहित एउटा मोटरसाईकल दिनै पर्ने मांग राखेपछि मोटरासाईकलको विक्रि वितरण लगनको बेला अत्याधिक बढ्ने गरेको छ । वर्षमा विहेको लगनका बेला दुई तीन महिना सामान्य भन्दा दोब्बर विक्रि बढ्ने गरेकोले आफुहरुलाई सामान पुर्याउन भ्याई न भ्याई हुने गरेको व्यवसायी साहले बताए । 


केटापक्षलाई मोटरसाईकल दिनका लागि कतिपय विपन्न केटीपक्षकाले जग्गा समेत विक्रि गरेर रकम जुटाउने गरेका छन् । सुनचाँदी छोरीलाई दिएको, रुपैंयापैसा अभिभावकलाई र मोटरसाईकल मात्र ज्वाईलाई भनेर तर्क दिदैं केटापक्षकाले दाईजोको मांग राख्ने गर्दछन् । आर्थिक रुपमा विपन्न परिवारमा बढि जसो विहेको बेला मोटरसाईकल मांग्ने चलन बढ्दै गएको हो । 
दाईजो लिनु र दिनु दुवै अपराध रहेको र यस्तो अपराधमा संलग्नलाई कानुन बमोजिम कार्वाहीको प्रावधान समेत रहेपनि केटीपक्षले उपहार स्वरुप केटापक्षलाई मोटरसाईकल उपलब्ध गराएको भनि अभिव्यक्ति दिने गरेकोले प्रशासनले समेत यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न कदम चाल्न नसकेको अधिकारीहरु बताउंछन् । 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us