सांगितिक माहोलले तात्यो डाँगिहाट
20 Feb 2016 | 18:50 PM


मोरङ, ८ फागुन ।    डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गते देखी सुरु भएको डाँगिहाट खेलकुद महोत्सवमा दिनहू बिभिन्न प्रकारका खेलहरु भईरहेका छन् ।

दिनभरी बिभिन्न प्रकारका खेलकुद हुने र शाझमा दैनिक राट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले गर्दा हिजोआज लक्ष्मीमार्ग साथसाथै आसपासका क्षेत्रमा चहलपहल निकै बढेको छ साथसाथै स्थानीय कला र संस्कृतिको पनि बिकासहुने क्रम बढेको छ । 

 दश गते सम्म लाग्ने भनीएको उक्त महोत्सवले लोपउन्मुख खेलहरुको उजागर गनुको साथसाथै स्थानीय व्यापार प्रवर्दनमा पनि टेवा पु¥याउने आयोजक समितिका अध्यक्ष बिक्रम राई बताउछन् । उनका अनुसार दैनीक हजारौको संख्यामा स्थानीयवासी महोत्सवको अवलोकन गर्न आईरहेका छन् । सदरमुकाम बिराटनगर भन्दा करिब पचास किलोमिटर भन्दा टाढा ग्रामिण क्षेत्रमा भएको महोत्सव बजार क्षेत्रको भन्दा कम नरहेको स्थानीयबासीहरु बताउछन ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us