डाँगिहाट खेलकुद महोत्सव सुरु
13 Feb 2016 | 16:57 PM


मोरङ, फागुन १ ।  डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ शुक्रबार डाँगिहाट खेलकुद महोत्सव सुरु भएको छ । 


“खेलकुदको विकास गरौ, राष्ट्र पहिचानमा टेवा पु¥याऊँ” भन्ने मुल नाराका साथ सुरु भएको उक्त महोत्सव पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष शंकर राई द्धारा फुटवल पदर्शन गर्नुभयो । लोपहुन लागेका पुराना परम्परागत खेलहरु जस्तै हाडिफोड, कबड्डि, डन्डीबियो, भलिबल लगायतलाई प्रवर्दन गर्ने उद्धेश्यले उक्त महोत्सवमा ती खेलाहरु समेत खेलाईने आयोजक डाँगिहाट युथ क्लवका अध्यक्ष बिक्रम राईले बताउनु भयो ।  महोत्सव उद्घाटनका क्रममा बिभिन्न जातजातीका मानिसहरु आआफ्ना परम्परागत भेषभुसामा सजिएर आउनुका साथै झाकिहरु समेत प्रदर्शन गरेका थिए । 


महोत्सवमा दैनीक खेलहरु खेलाईनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुले दर्शकहरु समक्ष आफ्नो सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनेछन । महोत्सव आगमि फागुन १० गते समापन हुने आयोजक समितिका सदस्य ज्ञानुराज राईले बताउनु भयो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us