​पाकिस्तानमा भ्यालेन्टाईन मनाउन नपाईने
13 Feb 2016 | 16:32 PM


एजेन्सी, फागुन १ । पाकिस्तानमा प्रेम दिवस अर्थात भ्यालेन्टाइनस् डे नमनाउन निर्देशन जारी गरिएको छ । राष्ट्रपति ममनुन हुसैनले यो दिवस पश्चिमी संस्कृति तथा र इस्लाम विरोधी भएको भन्दै नमनाउन आग्रह गर्नुभएको हो । विद्रोही संगठन जमान ए इस्लामीले यसअघिदेखि नै भ्यालेन्टाइन डे मनाउने बिषयमा विरोध गर्दै आएको थियो ।

राष्ट्रपति हुसैनले प्रेम दिवस इस्लामको कुनै हिस्सा नभएको भन्दै यसबाट बच्न जरुरी रहेको बताउनुभयो । पाकिस्तानमा यसअघि पछि पाकिस्तानी गृह मन्त्रालयले इस्लामावाद प्रशासनलाई भ्यालेन्टाइनस् डे का कुनैपनि कार्यक्रम गर्न नदिन निर्देशन दिएको थियो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us