​१२ दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा नेपालद्धारा श्रीलंका ४–० ले पराजीत
13 Feb 2016 | 16:24 PM


काठमाडौँ, फागुन १ । भारतमा जारी १२ दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली महिला फुटबल टोलीले लिग चरणको अन्तिम खेलमा पनि जित हासिल गरेको छ । आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाली महिला टोलीले श्रीलंका माथि चार शुन्यको फराकिलो जित निकाल्दै फाइनलमा पुगेको छ ।

आजको जितसंगै नेपाली महिला टोली अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यो संगै महिला फुटबलमा नेपालले रजत पदक पाउने पक्का भएको छ । खेलको १३ औ मिनेटमा उपहार गोल मार्फत अग्रता लिएको नेपालले दोश्रो हाफमा थप ३ गोल गरेको थियो । नेपालका लागि साबित्रा भण्डारीले २ तथा सपना लामाले एक गोल गरिन ।

भण्डारीले खेलको ५१ र ६३ औ मिनेटमा गोल गरिन । लामाले खेलको ७९ औ मिनेटमा अर्को गोल थप्दै नेपाललाई फराकिलो जित दिलाउन सफल बनिन् । राउण्ड रोबिन लिगका आधारमा खेलाईएको खेलमा नेपालले अब उपाधिका लागि भारत र बंगलादेशको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us